कांग्रेसी सांसदद्वारा देश विखण्डनको धम्की

143

काठमाडौं/ सत्तारुढ दल तथा संसद् संख्याको हिसाबले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसद् एवं केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले नेपाल टुक्रिने चेतावनी दिएका छन् । व्यवस्थापिका संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएका हुन् । पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्रिए जस्तै नेपालमा पनि राज्यले अधिकार नदिएमा नेपालको अवस्था पनि त्यस्तै हुने उनको चेतावनी थियो ।

सांसद् मन्सुरले संविधान संशोधन नभई कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गर्दै विगतमा पनि आफूहरू असहमति राख्दै संविधानसभामा सहभागी भएको जनाए । उनले पूर्वसभामुख सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा संशोधन नहुने भनेकोप्रति असन्तुष्टि जनाउादै यस्तो अवस्थामा मुलुक विखण्डन हुनसक्ने चेतावनी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here