सामसुङ मोबाइलका नाममा तस्करी

171

काठमाडौ/ कोरियन मोबाइल कम्पनी सामसुङका लागि नेपालमा आधिकारिक व्यक्तिका रूपमा काम गर्दै आएका कोरियन नागरिक वाई.बी.वानले नेपालमा बसेर तस्करीसम्बन्धी काम गर्दै आएको जानकारीमा आएको छ । नेपालको कुनै एक व्यापारिक घरानामा काम गर्ने भन्दै श्रम स्वीकृति लिएर बसिरहेका ती कोरियन नागरिकले श्रम स्वीकृति लिएको कम्पनीमा काम नगरी सामसुङ मोबाइलका नाममा गैरकानुनी हैसियतले काम गरिरहेका छन् । उनले मोबाइल कम्पनीको बहानामा तस्करीको कारोबारसमेत गरिरहेको स्रोतले जानकारी दिएको छ ।

विगत तीन वर्षदेखि सामसुङ मोबाइलको आधिकारिक व्यक्तिका रूपमा काम गर्दै आएका उनले सामसुङलाई देखाएर अन्य अवैध धन्दा सञ्चालन गर्दै आइरहेको स्रोतको दावी छ । दक्षिण कोरियाली नागरिक वानले मोबाइल आयात गर्ने नाममा अवैधरूपमा बहुमुल्य धातुहरूको तस्करी गर्नेलगायतका काम गर्दै आएको स्रोतले जनाएको छ ।

विदेशी नागरिकले नेपालमा श्रम अनुमति लिएर बस्दा नेपालको कानुनको परिधिमा रहेर काम गर्नुपर्नेमा वानले मनपरी गरिरहेका छन् । श्रम अनुमति लिएकै कम्पनीको मातहतमा रहेर काम गर्नुपर्नेमा उनले सामसुङ मोबाइलका डिलरहरूको मालिकको हैसियतमा काम गरिरहेका छन् । कोरियन नागरिक वानले आफूखुसी गतिविधिहरू गरिरहादा पनि नेपालको जिम्मेवार निकायले कुनै वास्ता गरिरहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here