सुगाको चुक्लीले पतिपत्नीको झगडा

213

घरमा सुगा पाल्नु पनि गलत काम गर्नेका लागि खतरा सावित भएको छ । कुवेतमा एक व्यक्तिलाई घरमा सुगा पालेकै कारण श्रीमतीसँग झमेला झेल्नुपरेको छ । घरमा पालेको सुगाले परस्त्रीसँगको सम्बन्धको पोल खोलिदिएपछि ती व्यक्तिले कानुनी झमेला व्यहोर्नुपरेको छ ।
उक्त घटनामा सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्धको खुलासा पत्नीसमक्ष गरेपछि समस्या सुरु भएको हो । सुगाले ती व्यक्ति र काम गर्ने महिलाबीच भएको अन्तरंग कुराकानी पत्नीको अगाडि जस्ताको त्यस्तै बोेलेपछि पतिपत्नीबीचको सम्बन्धले कानुनी झमेलाको रूप लिएको हो ।
सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाणस्वरूप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । कुवेतमा परस्त्रीगमनलाई गैरकानुनी मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here