भारतको हिमाञ्चल प्रदेशको एउटा होटल निकै चर्चामा आएको छ । गोपाल होटल एण्ड रेष्टुरेन्ट नामक यो रेष्टुरेन्टमा सहिद परिवारले निःशुल्क खाना खान पाउने भएका छन् । रेष्टुरेन्टमा उपलब्ध सबै खानेकुरा सहिदको परिवारसँग एक रूपैयाँ नतिरी खान पाइन्छ । उक्त रेष्टुरेन्टमा आरामसाथ बस्न चाहने हो भने पनि सहिद परिवारले रकम तिर्नुपर्दैन । यो रेष्टुरेन्टमा सैनिक र उनका परिवारलाई हरेक खानेकुरामा ५० प्रतिशत छुट दिइएको छ ।
होटलको यस्तो अफरलाई धेरै मानिसहरूले नाम कमाउनका लागि यस्तो गरेको आरोप लगाएका छन् । सैनिक पोसाकमा पुग्नेलाई खानामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पोसाकविना नै पुग्नेलाई २५ प्रतिशत छुट दिइएको छ ।

















