आफ्ना बाबुआमाले आपसमा चुम्बन गरेको देखेपछि बच्चाले आपत्ति जनाउने सम्भावना रहँदैन । तथापि बच्चाहरू जति नै साना भए पनि उनीहरू आफ्नो वरिपरिको अवस्था हेरेर स्थितिलाई राम्रोसँग बुझ्न सक्छन् भन्ने एउटा गतिलो उदाहरण समाचारको रूपमा भाइरल बनेको छ ।
अमेरिकाको मेरिल्याण्डमा भएको बाबुआमाबीचको चुम्बनप्रति सानो बच्चाले देखाएको प्रतिक्रियाले सोसल मिडियामा तहल्का मच्चाएको छ ।















