प्रधानमन्त्री ओलीद्वारा विश्वविद्यालयलाई मजबुत बनाउनुपर्नेमा जोड

49

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको जनाउनु भएको छ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको जनाउनुभएको हो। उहाँले साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ।तर मुक्त मनले चल्दा, नियम, कानुन र प्रक्रियाभित्र चल्नुपर्छ।त्रिभुवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो।नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ।म सधैँ देखिरहेको छु, कुलपतिले हस्तक्षेप गर्‍यो, मेरोबिरुद्ध त यसैपनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन।वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन।कहीँ मान्छे हार्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हार्टअट्याक किन हुँदैन।जे सुकै भएपनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन त चित्त नबुझ्ने तत्व छन् नेपालमा।मेरो कुनै हस्तक्षेप होइन।हामी सबैले साना कुरामा नल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ।हिजो मात्रै पनि अखबारमा छापियो, प्रधानमन्त्रीको हस्तक्षेपले गर्दा मात्रै पनि बिलम्ब भयो।अहिले पनि उपकुलपतिजीले कसोकसो एउटा शब्द भन्नुभयो।किन बिलम्ब भयो, भन्दा खै मैले राम्रो बुझिन।निष्पक्ष र मेरिटोक्रेसीमा आधारित भएर गर्नुस् ।’

प्रधानमन्त्री ओलीले विश्वविद्यालय अफ्ठ्यारोमा नपरोस् भन्नेकुरामा कुलपतिले ध्यान दिने पनि बताउनुभयो।उहाँले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिनुभयो।साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास गरेको छ।सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here