रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक र स्नातकाेत्तर तहमा भर्ना खुल्याे

104

काठमाडौं । काठमाडौंको  प्रदर्शनीमागमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा  नेपालभाषा स्नातक, स्नातकाेत्तर तहमा अहिले खुलिरहेकाे छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८१ / ०८२ ले एक सुचना जारी गरी भर्नाबारे जानकारी गराइएको छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ताहरुको अथक प्रयास पश्चातजस अनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७४ सालमा  नेपालभाषा बि. ए तहमा पुर्नस्थापना तथा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर तह सञ्चालन गर्नकाे लागि पाँच वर्षको सम्झौता पश्चात इतिहासमै पहिलो पटक वि.सं. २०७८ सालदेखि विधिवत् रुपमा स्नातकोत्तर (एम.ए) तहमा नेपालभाषा अध्यापन हुँदै आईरहेको छ।

पुर्वमन्त्री पुकार महर्जनले २०८० सालदेखि बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजीकाे रूपमा लागू गराएपछि अहिले नेपालभाषामा नयाँ रोजगारीकाे बृद्धि भइरहेकाे छ । नेपालभाषाकाे शिक्षा नीति संविधान र कानुनमा समेत उल्लेख भएकाे अधिकारलिनका लागि  समयमै भर्ना भई सिट सुरक्षित राख्न नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन अनुराेध गरेका छन् ।

नेवाः समुदायकाे संस्कार संस्कृति, साहित्य, लिपिले विश्वमा नेपालकै प्रतिनिधित्व गरिरहेकाेले विश्वमा नेपालभाषाकाे बेग्लै महत्व रहेकाे छ।रञ्जनालिपि चाइनाकाे ग्रेटवालदेखि जर्मनीका सहरहरुसम्म फैलिएको छ।

वर्तमान अवस्थामा नेपालभाषीहरु विश्वकाे कुना कुनाबाट अ‍ाफ्नाे भाषा,लिपि ,कला संस्कृति जगेर्ना गर्न लम्किरहेकाे अवस्थामा नेपाल सरकारले नेपालभाषा लगाएत विविध भाषाहरुलाई संरक्षण गर्नुकाे सट्टा एक भाषा नीतिलाई प्राथमिकता दिदा अरु भाषा मारमा परिरहेकाे छ। साे समस्यालाई चिर्न नेपालभाषा अभियान्ताहरुले २०७४ साल देखि काठमाडौंकाे मुटुमा अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा नेपालभाषा अध्यापन अभियान सञ्चालन गर्दै अ‍ाईरहेकाे छ। साथै  विद्यार्थीहरुकाे मागलाई सम्बाेधन गर्न २०७८ सालदेखि काठमाडौं महानगरकाे अ‍ार्थिक सहयाेगार्थ स्नातकोत्तर तहकाे अध्यापन पनि भैरहेकाे छ । अभियान्ताहरुकाे सकृयतामा विगत ३० बर्षदेखि स्थगित रहेकाे सुकुन्दा साहित्य पाला: पुन स्थापना गरि ७अ‍ौं प्रकाशन गर्ने लगाएत विविध साहित्यिक गतिविधिहरु गर्दै आइरहेकाे छ। यी र यस्ता रचनात्मक क्रियाकलापले गर्दा नेपालभाषा अध्यापने गर्ने विद्यार्थीहरु दिनानुदिन बधिरहेकाे छ।

भर्ना सम्बन्धी थप जानकारी तल उल्लेख गरिएको छ :

entrance.tufohss.edu.np

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here