काठमाडौं । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि यस दिन २० रुपैयाँले गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा झरेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार हुँदैछ ।
बुधबार भने सुनको मूल्य बढेका थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन, चाँदी तोलामा २० रुपैयाँले उकालो लागेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।


















