काठमाडौं – सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि भोलि चैत २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन तोकिएको मितिभन्दा एक दिनअघि मन्त्रिपरिषद बैठकले लकडाउन लम्व्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउँदै सरकारले चैत ११ गतदेखि लकडाउन गरेको हो ।
पछिल्लो समय विदेशबाट आएका बाहेकका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन थप कडाई गर्दै आएको छ ।


















