एजेन्सी । चीन र भारतबीच सीमाको विषयलाई लिएर सधै तनाव हुँदै आएको छ । यो अवस्थामा चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ । चिनियाँ मीडियाका अनुसार यो रोबोटले १६० किलोसम्मको तौल उठाउन सक्छ र १ घन्टामा १० किलोमीटरसम्म हिँड्न सक्छ । चीनको यो रोबोट याकले भारतीय सीमामा पहाडी इलाकाको जासूसी गतिविधि गर्न सक्ने र चिनियाँ सैनिकलाई कठिन परिस्थितिमा यसले हतियारको आपूर्ति गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ । चीनको सरकारी मिडियाका अनुसार यो रोबोटलाई विशेष रुपमा त्यस्तो ठाउँका लागि बनाइएको छ , जहाँ मानिसलाई काम गर्न गाह्रो हुन्छ । सरकारी मिडिया सीसीटीभी भन्छ, ‘रोबोट आफ्नो किसिमको विश्वकै पहिलो सबैभन्दा ठूलो र गह्रुँगो हो ।’ एक वयस्कको तुलनामा यो रोबोट लगभग आधा अग्लो छ । ठूलो आकारका कारण यो १६० किलो तौल उठाउन सक्ने क्षमताको रहेको छ । यो रोबोट १० किलोमीटर प्रतिघन्टाको दरमा कुद्न सक्छ ।
आवश्यकता परेको समयमा हतियारले सु–सुसज्जित गर्न सकिन्छ
चीनले मेसिन कुुकुर समेत बनाएको छ । यो कुकुर सक्कली कुकुरकै आकारको छ । यसको वजन ३२ किलो छ । यसले ४० किलोको सामान बाकेर लैजान सक्छ ।

















