गाँउमा पशु स्वास्थ्य शिविर सञ्चालनपछि किसानहरु हर्षित

332

-बिमल योगी
दाङ / घोराही उपमहानगरपालिका वडा नम्वर ७को आयोजनामा आज बिहिवार पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडामा दोश्रो पटक आयोजना गरिएको शिविरमा तीन सय बढि पशुहरुको उपचार गरिएको थियो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको शिविरको जिल्ला पशु ज्ञान केन्द्रका वरिष्ठ पशु बिकास अधिकृत डाक्टर बेद बहादुर केसीले बाख्रामा पिपिआर सुई लगाएर उद्घाटन गर्नुभएको थियो ।

आफ्नै गाँउमा पशु चौपायको उपचार तथा औषधीसहितको शिविर सञ्चालन भएपछि किशानहरु खुसी भएका छन् ।  पशु चौपायाको उपचारका लागि नजिकमा पशु उपचार केन्द्र नहुदा समस्या झेल्दै आएका उनिहरुले शिविरमा निशुल्क रुपमा औषधी र उपचार सेवा लिएका छन् । सो शिविरमाएक सय जनाकिसानहरुले बिभिन्न रोग तथा भिटामिनको औषधी लगेका थिए भने बाख्रा, भैसाी,राँगा,गाई,कुखुरा गरी तीन सय बढिको उपचार गरिएको थियो ।

शिविरमा वरिष्ठ पशु बिकास अधिकृत बेदबहादुर केसी,पशु बिकास अधिकृत जिवराज पौडेल,पशु स्वास्थ्य प्राविधिकहरु खिमबहादुर वस्नेत,शिला डिसी लगायतले पशुको उपचार गर्नु भएको थियो । वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको शिविरमा वडा सदस्य गोमा नेपाली, दिपक चौधरी, वडा सचिव चन्द्रबहादुर केसी लगायतले बोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here