लोकमानविरुद्ध सुनियोजित अभियान

178

काठमाडौं÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गत मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ दिएका छन् । म्याद तामेली गर्न गएका तामेलदारलाई अवरोध गरेर कार्कीले सर्वोच्च अदालतको अपमान गरेको भन्दै उनीविरुद्ध दायर भएको मुद्दाको जवाफ दिने क्रममा आफू अख्तियारको सरकारी निवासमा बसिरहेको भन्ने कुरा जानकारी हुँदाहुँदै म विदेश भ्रमण गएको बेला मैले तीन वर्षअगाडिदेखि भाडामा दिएको घरमा म्याद टाँस्न पठाउनुको कारण के हो भन्दै कार्कीले सर्वोच्च अदालतलाई प्रश्न गरेका छन् । अदालतमा आफूविरुद्ध परेको उजुरीको जवाफ कार्कीले मंगलबार आफैं उपस्थित भएर दिएका छन् । म्याद तामेलीमा अवरोध गरेको भन्ने आरोपको प्रतिवाद गर्दै कार्कीले आपूm विदेशमा भएको बेला कुनै किसिमको गर्ने सम्भावना नरहने जिकिर पनि गरेका छन् ।
व्यवस्थापिका–संसद्मा आफुविरुद्ध परेको उजुरीका बारेमा लेख्दै कार्कीले त्यो संसदको क्षेत्राधिकारभित्रको विषय रहेकोले त्यसबारे अदालतमा जानकारी दिनु नपर्ने उल्लेख गरेका छन् । कार्कीले आपूmमाथिको आरोप पूर्णरूपमा पूर्वाग्रहमा आधारित रहेकाले खारेज गर्न माग गरेका छन् । न्यायिक प्रक्रियामा अवरोध गरेको भन्ने आरोप गम्भीर र गलत भएको कार्कीको जिकिर रहेको छ ।
कार्कीले आफूविरुद्धको उजुरी तथ्यका आधारमा भन्दा पनि अफवाह फैलाउनका लागि गरिएको जिकिर गरेका छन् । उनले आफ्नो लिखित जवाफमा भनेका छन् ‘उजुरीकर्ता निवेदक मप्रति पूर्णरूपमा पूर्वाग्राही भएको मेरो पदीय हैसियतको उल्लेखबाट नै प्रष्ट हुन्छ । मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिव मात्र नभएर संबैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त हुँ । त्यो तथ्य लुकाई मेरो पूर्वपदीय हैसियतमात्र देखाई निवेदन दिनुबाट मप्रति पूर्वाग्रही रहेको प्रमाणित हुन्छ ।’
यता व्यवस्थापिका–संसद्मा लोकमानसिंह कार्कीविरुद्ध प्रस्तुत गरिएको महाअभियोग प्रस्तावको औचित्य पनि पुष्टि हुन सकिरहेको छैन । कार्कीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान उनी निलम्बित भएको अवस्थामा पनि जारी रहेको छ । अख्तियारले काठमाडौं महानगरपालिकाका दुईजना वरिष्ठ इञ्जिनियरहरू रामहरि फुँयाल र गम्भीरमान श्रेष्ठका विरुद्ध गत मंगलबार मात्र विशेष अदालतमा करोडौं अकूत सम्पत्ति रहेको भनी दावी गर्दै उजुरी दर्ता गराएको छ भने नेपाल सरकारका केही सचिवहरू , सहसचिवहरू र उपसचिवहरू गरी एक दर्जनभन्दा बढीका विरुद्ध मुद्दा दर्ता गर्ने तयारी पनि अख्तियारले गरिरहेको जानकारी प्राप्त भएको छ । यसले गर्दा लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको औचित्य स्वतः समाप्त हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here