भारतको पूर्वोत्तरमा पर्छ असम राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो । भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रशिद्ध मानिन्छ ।
यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको मानिन्छ । त्यसैले यहाँ योनीलाई नै प्रतीकका रूपमा मानेर पूजा हुने गरेको छ । त्यसैकारण भक्तजनहरूले यो स्थानलाई कामसाधनका लागि प्रमुख केन्द्रका रूपमा लिन्छन् ।
यो मन्दिरमा जसको पनि इच्छा पूरा हुने विश्वास गरिन्छ । यो मन्दिरको नाम कामुकता अर्थात् कामाख्या मन्दिर राखिएको हो । मन्दिरमा तीन भाग छ । पहिलो भाग सबैभन्दा ठूलो छ । यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन । दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ । त्यहाँँ एउटा ढुंगा छ । त्यो ढुंगाबाट जहिले पनि पानी बगिरहन्छ ।
यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने विश्वास गरिन्छ । जसलाई कामाख्या देवीको मासिक धर्मको रूपमा लिने गरिन्छ ।

















