जहाँ बेचिन्छ मानव अङ्गको ‘अचार’ !

255

बेलायतको लण्डनस्थित एसेक्समा एउटा यस्तो पसल छ जहाँ मानव अङ्गको अचार बेचिन्छ । उक्त पसलभित्र यस्ता विभिन्न खाले खतरनाक चिजहरू राखिएको हुन्छ कि कोही पनि मानिसहरू त्यसभित्र छिर्नका लागि १० पटक सोच्न बाध्य हुन्छ ।

उक्त पसलमा छिर्नेबित्तिकै तपाईंले मानिसका हात खुट्टा, खप्पर, कपाल, नङका साथै जनावरको खप्पर तथा अवशेषलगायतका विभिन्न डरलाग्दा तथा अनौठा चिजहरू बट्टाहरूमा राखेको देख्न पाइन्छ । दृश्य कुनै फिल्मको जस्तै लाग्दछ ।

उक्त पसलको नाम ‘क्युरोसिटिज फ्रम द फिफ्थ कर्नर’ रहेको छ । उक्त पसलका सञ्चालकको नाम हेनरी स्क्रेग हो । उनले आफ्नो पसलमा मानिसहरू डराउने खालका सयौं चिजहरू राखेका छन् । त्यसमध्ये एउटा मानिसको काटिएको हात छ ।

महिलाको गर्भको भ्रुणका साथै अण्डासय मात्र होइन नवजात शिशुको शव पनि रहेको छ त्यहाँ । अचार राख्ने शिशाको जारमा त्यसलाई बन्द गरिएको छ । हेनरीले यो पसल सञ्चालनका लागि मेडिकल बोर्डबाट अनुमति पनि लिएका छन् । पसलमा रहेका मानव तथा जनावरका अंगलगायतका चिजहरूको मूल्य १० युरोदेखि लिएर २६५० युरो सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here