सूर्य नेपाल बन्यो बढी कर तिर्ने कम्पनी

375

काठमाडौं– कर दिवसका उपलक्ष्यमा सूर्य नेपाल प्रालि यसवर्ष सबै भन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा हिजो आयोजना गरेको विशेष कार्यक्रममा सूर्य नेपाल प्रालिलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरिएको हो ।
सूर्य नेपालले यस वर्ष आयकर, मुल्य अभिवृद्धि कर र अन्तशुल्क कर गरी ११ अर्ब २५ करोड ८९ लाख रुपैया कर बुझाएको छ । यो रकम मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येबाट सबैभन्दा बढी रकम भएको जनाइएको छ । सूर्य नेपाललाई कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित गरिएको थियो । त्यसैगरी निर्यातकर्ता कम्पनीहरुबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि बनेको छ ।
विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने युनिलिभर नेपाल लि, कृषि एवम् पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता ओम चाओविरो फिड इण्डष्ट्रिज, सहकारी संस्थामध्ये सबैभन्दाबढी आयकर तिर्ने राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने छिमेक लघु वित्त विकास बैंक, बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक लिमिटेड पनि सम्मानित भएका छन् ।
बिमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन, विप्रेषण व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने आईएमई लिमिटेड, पर्यटन क्षेत्रसंग सम्बन्धित व्यबसायीहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल्स लि., व्यापार व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिप्रदी ट्रेडिङ्ग प्रालि पनि सम्मानित भएका छन् ।
त्यसैगरी वार्षिक ५ करोड वा सो बराबर कारोवार गर्ने साना करदाता मध्येबाट सांग्रिला इनर्जी लिमिटेड, मझौला करदाताबाट सिवेक हस्पिटल प्रा.लि. र व्यक्तिगत आयकर तिर्नेहरुमध्येबाट सिद्धार्थ सम्शेर जबरा सम्मानित भएका छन् ।
विभागले हालसम्म समयमै कर विवरण र कर बुझाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई पनि सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here