तरुण दलमा भागबण्डा

202
Newly elected Nepal Tarun Dal President Jitjung Basnet (c) talks to media after his election, in Pokhara of Kaski, on Wednesday, November 16, 2016. Photo: Rishi Ram Baral

काठमाडौं ÷ नेपाली कांग्रेसको बलियो खम्बाका रूपमा चर्चित नेपाल तरुण दलको चौथो महाधिवेशनले निकै सकसपूर्ण रूपमा नेतृत्व चयन गर्न सफल भएको छ । पोखरामा आयोजित दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । त्यसैगरी उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरूङ चुनिएका छन् । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका रहेका छन् । त्यसैगरी कोषाध्यक्ष गुरुङ खुमबहादुर खड्का निकटका रूपमा चिनिन्छन् ।
पौडेल समूहबाट वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा प्रबासमान सिंह र डा.रामशरण महतका भतिज रमेश महतको दाबी थियो । तर, पौडेलले शाहीको नाम सिफारिस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here