बुद्ध एयरलाई उत्कृष्ट वायुसेवा कम्पनीको अवार्ड

284

काठमाडौं । बुद्ध एयर अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एण्ड सलिभनबाट उत्कृष्ट एयरलाईन्स(२०१६ को अवार्डबाट सम्मानित भएको छ ।
सोल्टी होटलमा आयोजित समारोहमा बुद्ध एयर सो पुरस्कारबाट सम्मानित भएको हो । पुरस्कार ग्रहण गर्दै बुध्द एयरका एमआईएस डाइरेक्टर रजिन रञ्जितले हामीले उड्डयन क्षेत्रमा गरेको निरन्तर मिहनेतको फल भएको जनाए ।
अवार्डबाट सेवाहरूलाई अझ गुणस्तरीय बनाउन थप मद्दत र प्रेरणा मिल्ने रञ्जितले जनाए । बुद्ध एयर ८ विभिन्न आधुनिक विमानहरूबाट मुलुकभरि उडान सेवा प्रदान गर्दै आएको छ ।
देशबाहिर भारतको वाराणसीमा नियमित तथा भुटानको पारोमा चार्टड उडान भरिरहेको छ । नेपाल र नेपाली जोड्ने अभियानमा सहज र सरल ढंगले सस्तो टिकटहरू पनि बिक्री गरिरहेको छ । एयरलाइन्सले गतवर्ष मात्रै ८ लाख यात्रुलाई सेवा प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here