आईएमई र आईएफसीबीच सहकार्य गर्ने छलफल

141

काठमाडौं÷ ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेसनका क्षेत्रीय निर्देशक मेङ्गेस्तु एलिम्ह्यबीच वार्ता भएको छ । वार्तामा ग्लोबल आईएमई बैंक र नेशनल फाइनान्स कर्पोरेसनबीच एक आपसमा व्यावसायिक सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो । वार्ताका क्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाइनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेण्डि वार्नर, आवासीय प्रतिनिधि, रहेना रासिद लगायतको उपस्थिति रहेको थियो । इन्टरनेशनल फाइनान्स कर्पोरेसन विभिन्न देशमा रहेका फाइनान्सियल संघसंस्थाहरूसँगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरूको लागि लगानी तथा व्यावसायिक सुझावहरू प्रदान गर्दै आइरहेको संस्थाको रूपमा परिचित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here