एनसेल टेलिकम ‘कम्पनी अफ द इयर अवार्ड’बाट सम्मानित

189

काठमाडौं÷ निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल यस वर्षको उत्कृष्ट दूरसञ्चार कम्पनी टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको २०१६ नेपाल वेस्ट प्राक्टिसेस अवार्ड को एक भव्य समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरूलाई प्रदान गरिएको थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here