चट्याङबाट सिसी क्यामेरामा क्षति

74

डोटी/चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ ।  जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । चट्याङकै कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका टेलिफोन र कम्प्युटरमा पनि क्षति पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।  जिल्लामा रहेका अधिकांश कार्यालय तथा व्यक्तिका घरमा जडान गरिएका इण्टरनेट सञ्चालन गर्ने राउटर, फोन, टेलिभिजन लगायतसामाग्रीमा समेत क्षति पुगेको छ । राउटर बिग्रेपछि अहिले सदरमुकाममा इण्टरनेट सेवा बन्द भएको छ ।

टेम्पो नियन्त्रणमा

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दीपायलमा सञ्चालन हुँदै आएका तीन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ । तराईका लागि इजाजत लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख मोहनसिंह धामीले बताउनुभयो । जिल्लाका दिपायल, पिपल्ला, राजपुर, कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिनादेखी उक्त टेम्पो सञ्चालन हुँदै आएका थिए ।
सो टेम्पो सात दिन भित्रमा कैलाली पठाउनु भन्ने क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाको निर्देशनपछि नियन्त्रणमा लिएर पठाउने तयारी भईरहेको प्रमुख धामीले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा सो टेम्पो सञ्चालनको अनुमती नभएकाले टेम्पो सञ्चालकले ट्रकमा लोडगरी दिपायल ल्याएर चलाउदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here