सेतो मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा

199
sf7df8f}F dlR5Gb| axfndf /x]sf] ;]tf] dlR5Gb| gfy -cfof{jnf]lst]Zj/_sf] dxf:gfg -Gxj+_ u/fOb} k"hf/Lx? . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ /करुणामय देउताका रुपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ) को आज प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ ।

सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान् अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो । सेतो मच्छिन्द्रनाथलाई दशकर्म विधि ९जन्मदेखि मृत्युसम्म तथा महिला र पुरुषमा गरिने सबै पूजाविधि० नेवारी समाजमा गरिने प्रचलनअनुसार गरिने परम्परा छ ।

सेतो मच्छिन्द्रनाथलाई केटा र केटीका रुपमा पूजिने गरिन्छ । यसअघि सेतो मच्छिन्द्रनाथको महास्नानपछि माघ ७ गते गरी प्राणप्रतिष्ठासँगै दशकर्म विधिको पूजा गरिएको हो ।

सर्वसाधारणलाई सेतो मच्छिन्द्रनाथको दर्शन दिइएको बेला परम्पराअनुसार नेवारी पँय्ता बाजाको धुन बजाइएको थियो । सेतो मच्छिन्द्रनाथको दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति थियो । दशकर्म विधिपछि सेतो मच्छिन्द्रनाथलाई आफ्नो आसनमा विराजमान गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here