लक्ष्मी बैंकको नाफा साढे १५ करोड

256

काठमाडौं÷ चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रूपैयाँ खुद आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आम्दानी ४ करोड ६ लाख रूपैयाँले बढी हो । बैंकले सो अवधिसम्म आइपुग्दा ५१ अर्ब ४९ करोड रूपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ६४ करोड लगानी गरेको छ । हाल बैंकको कर्जा अनुपात कुल कर्जा प्रवाहको १ दशमलव ६३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आय १७ रूपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २ सय १० रूपैयाँ ४३ पैसा रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रूपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४४ करोड रूपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here