अदालतमा भीड बढेपछि कर्मचारीको असन्तुष्टि, अत्यावश्यक मुद्दा मात्र सुनुवाइ गर्ने

161

काठमाडौं – सर्वोच्च र मातहतका अदालतमा अत्यावश्यकबाहेकका अन्य मुद्दा सुनुवाइ नगर्ने नीति अख्तियार गरिएको छ ।

अदालतमा भीड बढ्ने गरी सेवा विस्तार गरेकोमा कर्मचारीले असन्तुष्टि जनाएपछि अदालतहरूमा अहिले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक थुनछेक मुद्दा मात्र सुनुवाइ भइरहेका छन् ।
सर्वोच्चमा भने बन्दीसहित, कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित रिट निवेदन तथा सर्वोच्चकै फैसला पुनरवलोकन उपरका निवेदनमा पनि सुनुवाइ गरिएको छ ।
चैत २८ गते सर्वोच्चको पूर्ण बैठकले अभियोगपत्र दायर, बयान, थुनछेक तथा थुनछेक उपरका निवेदनमा पनि सुनुवाइ गर्ने निर्णय गरेपछि काठमाडौँ, मोरङ लगायतका जिल्ला अदालतमा ह्वात्तै भीड बढाएको थियो ।
 कोरोना जोखिम न्यूनीकरणका लागि सामाजिक तथा भौतिक दूरी कायम गर्ने भनिए पनि अदालतमा सेवाग्राहीको चाप भीड बढ्दा सम्भव भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here