काठमाडौं – कोरोना भाइरस विश्व भरि एक महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै श्रृङ्खलाबद्ध रुपमा महत्वपूर्ण निर्णयहरु लिइरहेको छ ।
सन्त्रास र संकटको यस घडीमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालले आफ्नो ग्राहकहरुलाई लकडाउनको पालना गरि घरमै बस्न आग्रह गरेको छ । साथै जीवन बिमाको प्रिमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्णरुपमा खुले पछि मात्र तिर्न सूचित गरेको छ । लकडाउन पछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने कुरा पनि जानकारी गराएको छ ।

















