आज सेयर बजार १५.८२ अंकले घट्याे

96

काठमाडौं । आज सेयर बजार १५.८२ अंकले घटेको छ । ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२२३.७८ अंकमा झरेको छ ।१ अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय रुपैयाँ बराबारको सेयर कारोबार भएको छ ।

२ सय २३ वटा कम्पनीका ४१ लख ४० हजार ६ सय ६५ कित्ता सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटर सेयर कारोबार भएको छ । सो कम्पनीको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । भने, रुरु जलविद्युत परियोजनाको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज ६।१३ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here