निरन्तर सेयर बजारमा वृद्धि

62

काठमाडाैं ।  बिहीबार पनि सेयर बजारमा वृद्धि भएकाे छ। लगातार आठ दिनदेखि बढेको सेयर बजारमा बिहीबार सामान्य अंकको वृद्धि देखिएको हो।

साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ अंकले बढेको बढेर २०४२.०७ विन्दुमा पुगेको हाे। यस दिन नेप्से बढे पनि कारोबार रकम भने खुम्चिएको छ।

बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता सेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो। अघिल्लो दिन बुधबार भने ५ अर्बमाथि कारोबार भएको थियो।

बिहीबार कारोबार आएका कम्पनीमध्ये ७५ वटाको सेयर मूल्य बढेको छ भने १३९ वटाको घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्यमा फरक देखिएन।

बिमा, उत्पादन, होटल र अन्य समूहको सेयर बढ्दा अरू सबै समूहको सेयर ओरालो लागेको छ। यस दिन सिटी होटलको सेयर १० र अभियान लघुवित्तको सेयर ९ प्रतिशतले बढेको छ भने बुंगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब ६ प्रतिशत र मल्टिपर्पोज फाइनान्स मिर्मिरे लघुवित्त र साधना लघुवित्तको सेयर करिब ४ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँ, सोल्टी होटल लिमिटेडको १६ करोड ४ लाख रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here