काठमाडौं- गायक संजिब पराजुलिको स्वरमा रहेको ‘सोचमा’बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतमा कार्टुन क्रुज समूहका सरोज अधिकारी ,आश्मा वि.क., लाक्पा लामा,राम घले लगाएत फिचर्ड छन् । गायक संजिब पराजुलिको समेत अभिनय देख्न सकिन्छ ।
गीतमा सरोजलाई बसको सहचालक र आश्मालाई कलेजको विद्यार्थीको रुपमा देख्न सकिन्छ। यस गीतमा सरोज एकोहोरो मायामा परेको एक युवकको कथालाई समेटिएको छ । प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गर्ने सरोज र आश्माले यो पटक फरक किसिमको गीतमा अभिनय गरेका छन् ।
‘सोचमा’ बोलको गीतमा सरोज र आश्मालाई पृथक सैलीमा प्रस्तुत गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई सम्पादन तथा सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् । कार्टुन क्रुजका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा कार्टुन्ज क्रुजको कोरियोग्राफी रहेको छ ।
कमल खत्रीको शब्दरकम्पोज रहेको यस गीतलाई रिकेश गुरुङले यरेन्ज गरेका हुन्। भिडियोमा कन्सेप्ट तथा निर्देशन सरोज अधिकारीकै रहेको छ।

















