काठमाडौ÷ चिनियाँ कार्गाे रेलले करोडौ मूल्य बराबरको विभिन्न सामग्री लिएर नेपालका लागि छुटेपछि भारतीय पक्षले दिएको अभिव्यक्तिप्रति चीन त्रूmद्ध बनेको छ । नेपालका लागि लत्ता कपडा, विद्युतीय सामग्री, निर्माण सामग्री तथा विभिन्न उपकरणसहितका सामग्री बोकेका चिनियाँ कार्गाे रेल नेपालको सीमा क्षेत्रका लागि छुटेपछि भारतीय पत्रिका टाइम्स अफ इन्डियामा चीनले नेपालमा भारतीय वस्तु विस्थापित गर्न लाग्यो भन्ने आशयको सामग्री प्रकाशित गरेको थियो । त्यसलगत्तै चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले त्यसको प्रतिवाद गर्दै नेपालमा चिनियाँ वस्तुको निर्यात गर्नुको अर्थ भारतीय वस्तु विस्थापित गर्ने भन्ने नहुने जिकिर गरेको छ । हु विजाको नामबाट प्रकाशित भएको सो पत्रिकाको आलेखमा चीन र भारतले अन्य मुलुकसँग सहकार्य गर्दा निकै संवेदनशील हुनबाट जोगिनुपर्ने सुझाव दिइएको छ । चीन र भारतको बीचमा रहेको नेपालले दुई मुलुकका बीचमा पुलको भूमिका निर्वाह गरेर उदाउँदा एशियाली मुलुकबाट फाइदा लिने विषयमा नेपालले पटक–पटक जोड दिएको भन्दै चीनको नेपालसँगको सम्पर्कले नेपालमा चिनियाँ वस्तुको आयात मात्र नभएर नेपालीसँगै भारतीय वस्तुको निर्यातमा पनि सहयोग पुग्ने सुझाव दिइएको छ । उक्त पत्रिकामा चीनले दक्षिण एशियाली मुलुकहरूमा समुद्री मार्गबाट भन्दा छोटो समयमा कार्गाे सेवा दिने उद्देश्यले रेल तथा सडक कार्गाे सेवा सुरु गरेको भन्दै भारतीय दृष्टिकोणले अन्त्यहीन समस्या निम्त्याउने चेतावनी दिइएको छ ।
उक्त पत्रिकामा चीनलाई चुनौती दिन भारतले मंगोलियालाई एक बिलियन डलर सहयोग गर्ने घोषणा गरेको भन्दै त्यसमा चीन त्यसप्रति संवेदनशील नभएको उल्लेख गरिएको छ । मंगोलियाको ९० प्रतिशत अर्थतन्त्र चीनमा निर्भर रहेको भन्दै पत्रिकामा मंगोलियाको अर्थतन्त्रमा रहेको चिनिया प्रभावलाई भारतको सानो सहयोगले विस्थापित गर्न नसक्ने पनि उल्लेख गरिएको छ । चीनले क्षेत्रीय अर्थतन्त्रमा भारतीय प्रभाव विस्तारलाई आफूले स्वागत गर्ने भन्दै दक्षिण एशियामा चिनिया सहकार्यलाई सकारात्मक रूपमा लिन भारतलाई सुझाव दिइएको छ ।


















