रोगनाशक बहुगुणी अदुवा

645

आयुर्वेदमा अदुवालाई महा–औषधिका रुपमा हेरिन्छ । कैयाँै वैज्ञानिक शोधले यसलाई पुष्टि समेत गरेका छन् । अदुवामा मानव शरीरका लागि आवश्यक सबै जसो पोषक तत्वहरु पाइन्छ । ताजा अदुवामा ८१ प्रतिशत पानी, २५ प्रतिशत प्रोटीन, १ प्रतिशत फ्याट, २.५ प्रतिशत रेसा र १३ प्रतिशत कार्बाेहाइड्रेट पाइन्छ । अदुवामा आईरन, क्याल्शियम, आयोडीन, क्लोरीन तथा भिटामिनसहित अन्य कैयाँै पोषक तत्व रहेको हुन्छ । यसलाई ताजा वा सुकाएर पनि प्रयोग गर्न सकिन्छ । यो एउटा शक्तिशाली एन्टिवायरल पनि हो । यसका बारेमा महत्वपूर्ण जानकारी हाम्रा पाठकहरुका लागि पस्कने कोशिस गरेका छौँ ।
छाला आकर्षक बनाउँछ ः
अदुवाको सेवनले छालालाई आकर्षित र चमकदार बनाउँछ । हरेक दिन बिहान खाली पेट एक गिलास मनतातो पानीसँग अदुवाको टुक्रा सेवन गर्नाले छालामा निखार ल्याउँछ ।
खोकीमा उपयोगी ः
खोकी लागेका बेला अदुवा निकै उपयोगी हुन्छ । खोकी लागेमा अदुवाको सानो टुक्रालाई बराबर मात्रामा महसँग तताएर दिनमा दुई पटक सेवन गर्नाले खोकी निको हुन्छ । साथै यसले गलाको खसखसलाई पनि हटाउँछ ।
भोक जगाउँछ ः
यदि कुनै कारणले भोक नलाग्ने समस्या भएमा नियमित रुपमा अदुवाको सेवन गर्नाले भोक जगाउँछ । अदुवालाई सानो गरी काटेर अलिकति नुन राखेर दिनमा एक पटक लगातार आठ दिनसम्म सेवन गरेमा पेट सफा हुन्छ र भोक लाग्न सुरु हुन्छ ।
पेटसम्बन्धी समस्यामा उपयोगी ः
पेटमा हुने कब्जियत लगायतका समस्याका लागि अदुवा निकै उपयोगी हुन्छ । अदुवालाई ज्वानो र कागतीको रसमा अलिकति सुन मिसाएर खानाले पेट दुख्ने, तथा अमिलो डकार आउने समस्यामा राहत मिल्छ ।
उल्टी रोक्न मद्दत गर्छ ः
यदि तपाईंलाई पटक–पटक उल्टी आइरहेको छ भने अदुवालाई प्याजको रससँग मिसाएर दुई चम्ता खानाले उल्टी बन्द हुन्छ ।
रुघा तथा चीसोमा फाइदाजनक ः
चीसो लागेमा वा रुघा लागेमा अदुवा निकै फाइदाजनक हुन्छ । रुघा लागेमा अदुवाको चीया पिउनाले राहत मिल्छ । यसका अलवा अदुवाको रसलाई महसँग मिलाए तातो बनाएर पिउनाले फाइदा हुन्छ ।
क्यान्सरबाट बचाउँछ ः
अदुवाको सेवनले कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसमा एन्टी फंगल र क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यसले क्यान्सर जस्तो घातक रोग लाग्नबाट बचाउँछ ।
अन्य रोगमा पनि उपयोगी ः अदुवालाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । अदुवाको सेवन गर्नाले अर्थराइटिस, साईटिका, गर्दा र अड्डिसम्बन्धी रोगमा राहत मिल्छ । यसले महिलाहरुको महिनावारीलाई नियमित बनाउन पनि सहयोग गर्छ ।
अदुवाको सेवन गर्नाले मुखमा हानिकारक भाइरस नष्ट हुन्छन, कोलेष्ट्रोल नियन्त्रण गर्न सहयोग गर्ने हुँदा रक्त सञ्चार पनि ठीक ढंगले हुन्छ । अदुवाको रस र पानी बराबर मात्रामा पिउनाले मुटुसम्बन्धी रोगमा पनि राहत मिल्छ । अदुवामा आईरन, क्याल्शियम, क्लोरीन तथा भिटामिन पर्याप्त मात्रामा पाइन्छ ।
अदुवा चीसो मौसममा उपयोग गर्नुपर्छ । गर्मी मौसममा अदुवाको सेवन निकै कम मात्रामा गर्नुपर्ने आयुर्वेदका ज्ञाताहरुको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here