ग्राहकहरुले न्युरोड शाखा(काठमाडौं), कुमारीपाटी शाखा(ललितपुर), सुर्यविनायक शाखा(भक्तपुर), सभागृह शाखा(कास्की), वगर शाखा(कास्की), नारायणगढ शाखा(चितवन), बुद्वचोक शाखा(चितवन)र धरान शाखामा उक्त छुट लिन सकिन्छ । पहिले नै यस नारी बचत खाता भएकाहरुले पनि यो सुविधा लिन सक्छन् । बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ बैंकले जानकारी दिएको छ ।
प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्ने छन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइलफोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ । नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एक भन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प÷सुबिधा प्रदान गरेको छ ।
यस योजनाअन्तर्गत २ लाख प्रति कार्ड सिमातो किएको र मुद्धती निक्षेपको ८० प्रतिशत सम्मकार्ड सिमा प्राप्त गर्न सकिने बताइएको छ । यो मुद्धति निक्षेप(फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशत का दरले ब्याजसमेत आर्जन गर्न सक्ने छन् ।


















