नग्मा र सुभम फिचर्ड ‘धाउन नमिल्ने’ सार्वजनिक ( भिडियो )

254

काठमाडौं – कोरोनाको  महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘धाउन नमिल्ने’  सार्वजनिक भएको छ।  उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ।

डान्सिङ  भर्सनको यस गीतमा गायक/ गीतकार डि.पी खनालको शब्द, संगीतमा समावेश छ।  राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ।

मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन्।  अनिल रानाको भिडियोमा सम्पादन रहेको छ।  किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायिका मेलिना राईको युट्युव च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here