रोवर्टो मार्टिनेज विश्वकप २०२२ सम्म बेल्जियमको प्रशिक्षक रहने

222

एजेन्सी – बेल्जियमका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनले सन् २०२२ को कतार विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

एभरटन विगन र स्वान्सीका पूर्वप्रशिक्षक रहेका मार्टिनेजले सन् २०१६ देखि बेल्जियमको प्रशिक्षण सम्हालेका थिए । उनको सम्झौता युरो २०२० मा सकिँदै थियो । कोभिड-१९ को कारण युरो एक वर्षपछि सरेको छ । अर्को विश्वकप सन् २०२२ नोभेम्वर डिसेम्बरमा कतारमा हुँदैछ ।

बुधबार बेल्जियन फुटबल संघले भिडियो कन्फ्रेन्समार्फत मार्टिनजेको सम्झौता नवीकरण भएको जानकारी गराएको हो । ४६ वर्षीय स्पानिस मार्टिनेजको प्रशिक्षणमा बेल्जियम सन् २०१८ मा रसियामा भएको विश्वकपमा तेस्रो भएको थियो ।

युरो २०२० को छनोटमा १० वटै खेल जितेको बेलजियम हाल फिफा वरीयतामा शीर्ष स्थानमा छ ।

युरो २०२० अन्तर्गत बेल्जियम रहेको समूह बी मा डेनमार्क, फिनल्याण्ड र रसिया रहेको छ ।  सम्झदता नवीकरणपछि मार्टिनेजले युरो२०२० स्थगित भएकोले अहिले नै बेल्जियन फुटबल संघसंग सहकार्य अन्त्य गर्न ठीक नरहेको भन्दै बेल्जियम फुटबलको भविष्य तयार पार्ने कार्यमा निरन्तरता दिन पाउदा खुशी लागेको जनाए ।

उनले अब युरो २०२०, नेशन्स लिग, विश्वकप छनोट र विश्वकप फुटबल रहेकोले आगामी साढे दुई वर्ष महत्वपूर्ण रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here