दीपकराजले दुई वटा फिल्म निर्माण गर्ने

95

‘६ एकान ६’ बाट फिल्म निर्माणमा हात हालेका दीपकराज गिरी र दीपाश्री निरौलाले आउँदो नयाँ वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरी दुई वटा फिल्म निर्माण गर्ने भएको छ । पहिलो फिल्म ‘गाजलुु निर्माता रोहित अधिकारीसँग हुने फाइनल भइसकेको छ भने नाम पनि घोषणा गरिएको छ । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेसँगै मंगलवार बिहान कलाकार गिरीले फेसबुकमार्फत् फिल्मको नाम सार्वजनिक गरेका छन् ।  दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको छ । यसपटक पनि फिल्मको नाम ‘छ’ बाटै जुराइएको छ । ‘घामपानी’ र ‘गापी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । निर्माता अधिकारीले फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताए । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनको भनाई छ । आउँदो बैशाख २२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ भने दशैंमा प्रदर्शनमा आउने जानकारी दिनु भयो ।

फिल्मलाई हरी हुमागाइँले छाँयाङ्कन गर्ने भएको छ । फिल्म दीपकराजको टिमले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा कार्यको थालनी गर्न लागेको हो । बुझ्ने भाषामा भन्दा फिल्ममा सम्पूर्ण लगानी निर्माता अधिकारीको रहनेछ तर, फिल्म सफल भएको खण्डमा उनले मुनाफाको ५० प्रतिशत दीपकराजलाई बुझाउनु पर्नेछ । फिल्ममा अहिलेसम्म दीपक र केदार घिमिरे मात्र कलाकारको रुपमा फाइनल भएका छन् । यसमा जितु नेपाल पनि हुने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here