ट्रम्प सिक्दै छन् ः चिनियाँ मिडिया

152

बेइजिङ÷ चीनका सरकारी सञ्चारमाध्यमले ‘एक चीन नीति’ मा आफ्नो भनाइ फिर्ता लिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई लिएर उनले नयाँ कामबारे सिकिरहेको टिप्पणी गरेका छन् ।
यसले उनी अमेरिका–चीन सम्बन्धको बाधक नबन्ने संकेत मिलेको पनि उल्लेख गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले राष्ट्रपति सी जिनपिङसँग पहिलोपटंक भएको टेलिफोन वार्ताका क्रममा एक चीन नीतिलाई स्वीकार गर्न ट्रम्पको प्रतिबद्धताको प्रशंसा गरेको छ । अमेरिका सन् १९७९ देखि एक चीन नीतिको पक्षमा रहँदै आएको छ ।
जसअनुसार ताइवानसमेत चीनको एक अभिन्न अंग हो । यसअघि उनले आफू एक चीन नीति पालना गर्न बाध्य नरहेको भन्दै यो बहसको विषय भएको बताएपछि चीन रुष्ट बनेको थियो । चिनियाँ सञ्चारमाध्यमले ट्रम्पले आगोसँग खेलिरहेको टिप्पणीसमेत गरेका थिए । उनले ताइवानकी राष्ट्रपति साई इंग–वेनसँग टेलिफोनमा कुराकानी गर्दै प्रोटोकल तोडेका थिए । कुराकानीका क्रममा ट्रम्पले सुरक्षालगायत विषयमा अमेरिकी चासो प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here