काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएका छन् भने गायिका कोमल ओलीले तेस्रो स्थान हासिल गरेकी छिन् । दोस्रो स्थानमा विक्रम पाण्डेले जित हासिल गरेका छन् ।
राप्रपाभित्र भावी अध्यक्षका रूपमा समेत चर्चा पाइरहेका लोकप्रिय नेता धवलसमशेर राणाले चौथो स्थान हासिल गरेका छन् भने पाँचौं स्थानमाराजेन्द्र लिङदेनको स्थान जमेको छ । माओवादी पार्टीबाट राप्रपातर्पm हाम फालेकी नायिका रेखा थापाले महिला कोटाबाट आफ्नो स्थान सुरक्षित बनाउन सफलता हासिल गरेकी छिन् । दिवंगत नेता सूर्यबहादुर थापाका छोरा सुनील थापा र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जित हासिल गरेका छन् ।
त्यसैगरी राजिव पराजुली, प्रेम बलायर, ध्रुवबहादुर प्रधान, हेमजङ गुरुङ, दीपबहादुर सिंह, भुवनकुमार पाठक, गोविन्दराज खनिया, राजेश गिरी, विक्रम बहादुर थापा, दिलविकास राजभण्डारी, रविन्द्रप्रताप शाह, राजाराम श्रेष्ठ, प्रेमबहादुर भण्डारी, जगतप्रसाद गौचन, सुगुनसुन्दर लावती, भक्तिप्रसाद सिटौला, पुष्कर ढुंगेल, राजाराम बर्ताैला, रेशमबहादुर लामा, भरत गिरी, गोपाल दाहाल, उद्वव थापा, सुशीलकुमार श्रेष्ठ, रामबहादुर शाह, प्रा.डा.जयन्तनाथ खनाल, मोहन श्रेष्ठ, निरञ्जन थापा, नीलकण्ठ काफ्ले, विष्णुविक्रम थापा, तोरणबहादुर गुरुङ, श्यामबहादुर शाही, मनोजकुमार प्रधान र कृष्णप्रताप मल्ल क्रमशः रहेका छन् ।
त्यस्तै मधेसी महिलातर्पmबाट नवोदित चौधरी, रेणुदेवी साह, भीमा यादव, मीना झा र राजेश्वरीदेवी साह विजयी भएका छन् भने आदिवासी जनजाति महिलातर्पmबाट विजयकला राई, दिलमाया तामाङ, आशा लामा, सयेन्द्र बान्तवा, निर्मला श्रेष्ठ र सुनिता कुरुवांग छन् । उत्पीडित महिलातर्पmबाट मीना स्वर्णकार र गंगा विक चुनिएका छन् । मुस्लिम महिलाबाट मदिना खातुन मिया र कर्णाली क्षेत्र महिला कोटाबाट शोभा शाही र सबिनाकुमारस् सिंह (शाह) चुनिएका छन् भने थारु महिलाबाट रामदुलारी चौधरीले स्थान ओगटेका छन् ।
त्यसैगरी महिला उम्मेदवारका रूपमा कुन्तिकुमारी शाही, मीरा राणा, प्रेक्ष्या मल्ल, प्रतिभा राणा, दुर्गा श्रेष्ठ, मीना सुवेदी, रोशन कार्की, विन्दु अधिकारी पहाडी, सरोज शर्मा, कमलादेवी शर्मा, सीता लुईंटेल ज्ञवाली, कान्ता भट्टराई, लिलादेवी श्रेष्ठ, यवती कार्की र पूजा राणा रहेका छन् ।
मधेसी पुरुष तथा महिला कोटामा वृजलाल प्रसाद यादव, चन्द्रेश्वरप्रसाद यादव, ताहिर अली, हरिनारायण यादव, मोहनप्रसाद यावद, दिनेशकुमार साह, प्रल्हाद प्रसाद साह रहेका छन् भने आदिवासी जनजाति पुरुष तथा महिला कोटाबाट डा.भीमसेन गुरुङ, फत्तेह सिंह थारु, आङनिमा शेर्पा, दीपककुमार राई, राजेन्द्र गुरुङ, लालकुमार लामा, भुजुङ गुरुङ, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रवीण चाम्लिङ छन् भने उत्पीडित पुरुष तथा महिलाबाट गिरिधर परियार र भक्तबहादुर विश्वकर्मा खपाङ्गी चुनिएका छन् । मुस्लिम पुरुष तथा महिलामा सलाउद्दीन जसगढ र इस्तिहा अहम्मद खाँ छन् भने कर्णाली पिछडिएको क्षेत्रबाट पुरुष तथा महिला धनबहादुर बुढा र प्रेमबहादर शाही छन् । थारु पुरुष तथा महिलाबाट गिरिधारीप्रसाद चौधरी चुनिएका छन् भने प्रवास पुरुष तथा महिलाबाट प्रेमकुमार श्रेष्ठ र सुशान्तप्रसाद भद्रा निर्वाचित भएका छन् ।
यसरी पूर्वपञ्चहरूको पार्टी राप्रपा अत्यन्त समावेशी संगठन बन्न पुगेको छ । राजसंस्था र हिन्दू धर्मलाई राजनीतिक आदर्श मानेर अगाडि बढ्ने प्रणका साथ राप्रपाको यो नेतृत्व अब देशव्यापी रूपमा संगठन विस्तार र प्रचार अभियानमा लाग्ने जनाइएको छ ।


















