काठमाडौ÷सप्तरी घटनामा प्रहरीलाई गोली चलाउन निर्देशन दिने गृहमन्त्री विमलेन्द्र निधीले प्रहरीसँगै टाउकोमा गोली हान्ने आदेश कस्ले दियो भनेर प्रश्न गरेका छन् । प्रमुख विपक्षि दल नेकपा एमालेको अभियानलाई जसरी पनि असफल बनाउने र आफ्नो निर्वाचन क्षेत्रमा प्रतिद्वन्दीहरुको प्रभाव विस्तारलाई जसरी पनि रोक्ने योजना बनाएका निधिले अभियानलाई असफल बनाउनकै लागि जबरजस्ती द्वन्द निम्त्याइएको जनाइन्छ ।
एमालेको अभियान सुरु हुनुभन्दा पहिले नै एमालेलाई गाउँबाट लखेटन उर्दी जारी गरेका नीतिले प्रधानमन्त्रीले गोली नचलाउनु भन्ने आदेशलाई अटेर गर्दै प्रहरीलाई गोली चलाउने आदेश दिएका थिए । उनै निधिले किन गोली चलाएको भन्दै प्रहरी अधिकारीहरुसँग स्पष्टिकरण मागेको चर्चा हुने गरेको छ । गृहमन्त्री नीधिकै कारण तराईलाई अशान्त बनाउन चाहने तत्वलाई पनि बल पुगेको जनाइन्छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा गृहमन्त्री निधिसँग एमालेका प्रभावशाली नेता प्रतिस्पर्धी थिए । त्यस हिसाबले पनि उनी आगामी निर्वाचनमा माहोल आफू अनुकुल बनोस भनेर सप्तरीमा एमालेका विरुद्ध डटेर लागेको देखिन्छ । तर महत्वपूर्ण पदमा रहेर उनले देखाएको गैर जिम्मेवार र अनैतिक गतिविधिले तराईलाई थप अस्थिरतातर्फ धकेलेको छ । सप्तरीको घटनाले निधिमाथि नैतिक प्रश्न पनि खडा गरिदिएको छ । तर उनी नैतिकवान भएर सहजै जिम्मेवारीबाट बाहिरिने सम्भावना भने देखिदैन ।

















