पर्यटन क्षेत्रमा सुधारको संकेत

202

विमान लिम्बु
कुनै पनि देशका नागरिक नेपाल भ्रमणमा आउँदा एउटा निश्चित लक्ष्य र कार्यक्रम लिएरै आएका हुन्छन् । नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने कुरा आजको सूचना, सञ्चार र प्रविधिको युगमा भनिरहन पर्दैन । बिदा मनाउन अध्ययन गर्न र पदयात्रा गर्न धेरै विदेशीहरु नेपाल आउँछन् । त्यस्तै कतिपय विदेशीहरु सभा सम्मेलन, व्यापार व्यवसाय र आफन्त भेट्न आएका हुन्छन् । धेरै नेपाली विदेशमा छन् । ती नेपालीहरु आफन्त भेट्न नेपाल आउँछन् । उनीहरुले आफूसँगै विदेशीलाई पनि ल्याउने गरेका छन् । उनीहरु सबै पर्यटककै रुपमा आएका हुन्छन् । विना कारणले हुने बन्द हडताल, विरोध प्रदर्शन, यातायात अवरोधले पर्यटकहरुको भ्रमण तालिका विग्रन्छ । यसरी निश्चित समयमा निश्चित लक्ष्य प्राप्त भएन भने मानिसहरुमा नकारात्मक सन्देश पुग्छ । आजको युगमा पर्यटकहरु पनि निश्चित बजेट लिएर निश्चित ठाउँमा पुग्न हिँडेका हुन्छन् । भ्रमण तालिका खलबलिनासाथ पर्यटकहरुको बजेट मिल्दैन । त्यसले मनमा तनाव सिर्जना गर्दछ । तनाव गराउनु पर्यटक व्यवसायीको धर्म हो । पर्यटकहरुलाई आकर्षित गर्न उनीहरुका इच्छापूर्ति गराउनु पर्दछ । कोही खानपिनमा रमाउँछन् त कोही जात्रा मेला हेर्न मज्जा मान्छन् । काही कठिन ठाउँमा पदयात्रा गर्न, दृश्यावलोकन गर्न र एडभेन्चर गर्न रुचाउने हुन्छन् । त्यस्ता पर्यटकलाई उनीहरुको रुचिअनुसारको ठाउँमा सहजै जान सक्ने वातावरण हामीले बनाइदिनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here