आदिवासी / जनजातिलाई कसरी बुझ्ने ?

398

 निशा तामाङ
आदिवासी जनजाति भन्नाले कुनै पनि ठाँउमा परा पूर्वकालदेखि बसोबास गर्दै आएका, आफ्ना छुुटै सामुहिक , सांस्कुतिक पहिचान भएका परम्परागत भौगोलिक क्षेत्र, भाषा, धर्म, रितिरिवाज भएका तथा थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी जनजाति भनिनछ ।

नेपाल १२७ बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक , बहु सांस्किृतक र बहुजातीय लोकतान्त्रिक मुलुक हो ।आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ अनुसार आदिवासी जनजातिको परिभाषा : आफ्नो मातृभाषा र परम्परा, रितिरिवाज, छुटै सांस्किृतक पहिचान , छुटै सामाजिक संरचना , लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय नै नेपालको आदिवासी जनजाति हो ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ :
पञ्चायती कालमा राज्यबाट एक भाषा एक नीतिको एकात्मक सिद्धान्त लागू भएको थियो । सांस्कृतिक बहुलियतामा एकताको सिद्धान्तको आधारमा खशभाषा र संस्कृतिबाहेकका अन्य जनजातिका संस्कृति धर्म र भाषा आदिलाई पतन गर्ने प्रयास गरिएको थियो ।

२०४६ सालको आन्दोलन पश्चात २०४७ मा बनेको नेपाल अधिराज्यको संविधान स्थापना भएपछि विभिन्न जनजातिहरूले आफ्नो सांस्किृतक एंव भाषिक उत्थान तथा प्रवद्धनका लागि संघ संस्था खोल्ने, जाति केन्दि«त अध्ययन र अनुसन्धान गर्ने गराउने तथा पत्र पत्रिकाहरू प््राकाशन गर्ने कार्यमा अग्रसर हुन थाले ।

यही क्रममा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको स्थापना भयो । जसको व्यवस्थापन गर्नका लागि आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ लागू भयो । जस अन्तर्गत यो ऐनले आदिवासी जनजाति विषय केन्दि«त रहेर आदिवासी हक अधिकार पहिचान र संस्कृतिलाई प्रपद्धन र विस्तार गर्न थाल्यो ।

नेपाल सरकारले पहिलोपल्ट २०५३ मा प्राध्यापक सन्त बहादुर गुरुङको संयोजकतामा अदिवासी जनजाति सूचीकरण प्रक्रिया थालेको हो ।

नेपाल सरकारले हालसम्म ५९ जातिय समुदायलाई आदिवासी सुचिकृत गरेको छ । यद्यपि सुचिकृत मध्य पनि ५६ आदिवासी जनजाति मात्र अस्तित्वमा देखिएका छन् ।

हाल नेपालको संविधान २०७२ ले एक भाषा एक नीतिको सिद्धान्तलाई विस्थापित गर्दै राजनीतिक, आर्थिक र सामाजिक रूपमा पिछडिएका आदिवासी जनजातिहरूलाई समता र समानतामूलक मौलिक अधिकार प्रदान गर्ने व्यवस्था गरेको छ ।
विभिन्न जनजाति, भाषाभाषी लगायत समग्र राष्ट्रको संस्कृतिलाई सम्मान गरे मात्र समृद्ध नेपाल बनाउने सपना साकार हुन्छ भन्दै संविधानको प्रस्तावनामै उल्लेख गरिएको छ । बहुुजातीय, बहुुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषताहरूलाई आत्मसाथ गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक ऐक्बद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एंव प्रवद्धन गर्दै वर्गीयु जातीय, छुवाछुतको अन्त्य गर आर्थिक, सामाजिक र सांस्कृतिक समनता समृद्धि र सामाजिक न्याय सुतिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गनेृ कुरामा जोड दिइएको छ ।भाषाको महत्वलाई ध्यानमा राखेर नेपालमा बोलने सकै भाषाहरूलाई राष्ट्रिय भाषाको रूपमा मात्यता दिइएको छ ।

संक्षेपमा भन्नुपर्दा संविधानमा व्यवस्था भएअनुरूप कार्यन्वयन तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ । सम्पूर्ण नेपाली आदिवासी जनजातिहरूलाई राष्ट्रिय एकता र ऐकबद्धता गराएर आत्मियता गरेर विभिन्न आदिवासी जनजाति धर्म संस्कृति, परम्परा भाषालाई संरक्षण विकास तथा प्रवद्धन एंव व्यवस्थापन गर्दै कल्पना गरिएको समृद्ध नेपाल बन्न सक्नेछ ।

हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइन्छ । २३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो ।

नेपालका आदिवासी जनजातिहरु :

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले देहाय बमोजिमका आदिवासी जनजाति समुदायलाई सुचीकृत गरेको छ ।

१. किसान  २.कुमाल  ३. कुशवाडिया ४. कुसुण्डा  ५. गन्गाई  ६. गुरुङ ७.चेपाङ  ८. छन्त्याल  ९. छैरोतन  १०. जिरेल ११.झांगड  १२. डोल्पो १३. ताङ्वे  १४. ताजपुरीया  १५. तामाङ  १६. तिनगाउँले थकाली  १७. तोक्पेगोला  १८. थकाली
१९. थामी  २०. थारु  २१. थुदाम  २२. दनुवार  २३. दराई  २४. दुरा  २५.धानुक  २६. धिमाल  २७. नेवार  २८. पहरी  २९.फ्रि  ३०. वनकरीया ३१. वरामु  ३२. बाह्रगाँउले ३३. वोटे  ३४. भुजेल ३५. भोटे  ३६.मगर ३७. माझी  ३८. मार्फाली थकाली  ३९. मुगल  ४०. मेचे  ४१. याक्खा  ४२. राई ४३. राउटे  ४४. राजवंशी  ४५.राजी  ४६. लार्के  ४७. लिम्वु  ४८.लेप्चा ४९. ल्होपा ५०. ल्होमी (शिङसावा) ५१. वालुङ  ५२. व्याँसी  ५३. शेर्पा  ५४. सतार (सन्थाल)
५५. सियार  ५६. सुनुवार  ५७. सुरेल  ५८. हायू  ५९. ह्योल्मो

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here