बेलायत र रुसबीच ‘बिरालो लडाइँ’

192

उसै त बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको लडाइँले रौनक थपिदिएको छ ।

वास्तवमा बिरालोसम्बन्धी एक उपाधि कब्जा गर्ने विषयमा रुस र बेलायत आमने सामने भएका छन् । यसमा दुवै देशका समर्थकहरू दिलोज्यान दिएर लागेका छन् । आ–आफ्नो बिरालोलाई जिताउनका लागि सोसल साइटदेखि लिएर कैयन् हतकण्डा अपनाइएको छ ।

वास्तवमा बेलायतमा दुईदिने बिरालो प्रदर्शनीको आयोजना भएको छ । उक्त प्रदर्शनीअन्तर्गत आयोजित वल्र्ड वेष्ट क्याट अर्थात् विश्वको सर्वाधिक सुन्दर बिरालो प्रतियोगितामा उपाधि हात पार्न विभिन्न देशहरूबाट बिरालोहरू लण्डन ओर्लिएका छन् । बेलायतको माओग्लीब्स स्टोनहेज र रुसको स्कटिस फोल्ड नामक बिरालोले प्रतियोगिताको सुरुवाती राउण्ड पार गरी आफ्नो उपाधि माथिको दाबेदारी बलियो पारेका छन् ।

स्मरण रहोस् बेलायती बिरालो स्टोनहेज विश्वको सर्वाधिक सुन्दर बिरालोको उपाधिको साविक विजेता हो । यो पटक रुसी बिरालो फोल्डले उसलाई टक्कर दिएको छ । हेरौँ कसले जित्छ दुनियाँको सर्वोत्कृष्ट बिरालोको ताज ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here