काठमाडौं । प्रभु बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ९० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । बैंकले चैत मसान्तसम्म १ अर्ब ४४ करोड रूपैयाँ मुनाफा गरेको छ ।
बैंकका अनुसार अघिल्लो वर्षको चैतसम्म ७५ करोड ७८ लाख रूपैयाँ मुनाफा गरेको थियो । बैंकको चैत मसान्तसम्म खुद ब्याज आम्दानी एक अर्ब ९५ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्म यस्तो आम्दानी एक अर्ब २२ करोड रूपैयाँ थियो । बैंकले ऋण लगानी ५९ अर्ब ५९ करोड रूपैयाँ गरेको छ ।
बैंकमा सर्वसाधारणको निक्षेप ७१ अर्ब ६० करोड रूपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रूपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ४ दशमलव ३२ प्रतिशत रहेको छ । बैकको पूँजी कोष अनुपात ११ दशमलव शून्य ६ प्रतिशत रहेको छ ।

















