एनबी इन्स्योरेन्सको शत प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

138

काठमाडौं । एनबी इन्स्योरेन्सको एक बराबर एक अर्थात् शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोडले अनुमति प्रदान गरेको छ । हाल इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी २७ करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्तापूँजी ५४ करोड रूपैंया पुग्नेछ । कम्पनीको गत मंसिर १७ गतेको साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसअघि ८० प्रतिशत हकप्रद निष्कासन गरेको इन्स्योरेन्सले फेरि शत प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । एनबी समूहले धराशयी बनाएको इन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रूपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई प्राथमिकतामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here