विनोद चौधरीको सम्पत्ति छानविन हुँदै

1897

काठमाडौं/ नेपाली अर्बपतिको सूचीमा सूचीकृत विनोद चौधरीले आफ्ना कान्छा छोरा बरुण चौधरीको विवाह भारतमा पुगेर भव्य रूपमा सम्पन्न गरेका छन् । चौधरीको छोराको विवाहमा उनलाई नेपाली अर्बपतिको सूचीमा राख्दै आएको अमेरिकी पत्रिका फोब्र्सका अध्यक्ष पनि उपस्थित भएको समाचार प्राप्त भएको छ ।

 

गैरआवासीय नेपालीको हैसियतमा रहेका विनोद पुत्र बरुणले भारतीय नारीसँग विवाह गरेका छन् ।

 

यसैबीच विनोद चौधरीलाई लगातार तेस्रोपटक नेपाली अर्बपतिको सूचीमा रहेको भनी प्रचार गर्दै आएको अमेरिकाबाटै प्रकाशित हुने पत्रिकासँग विनोद चौधरीको सम्पत्ति विवरण उपलब्ध गराउन माग गर्दै नेपालबाट सरोकारवाला निकायले पत्रचार गरेको जानकारी प्राप्त भएको छ । चौधरीले फोब्र्स पत्रिकाको व्यवस्थापन पक्षसँग साँठगाँठ गरी आफ्नो नाम अर्बपतिको सूचीमा राख्न लगाएको आशंका गरिएको छ । फोब्र्स पत्रिकाका अध्यक्षलगायतको व्यवस्थापकीय टिम नै विनोद चौधरीका छोराको विवाहमा सहभागी हुन अमेरिकाबाट भारतसम्म पुग्नुले पनि साँठगाँठको आशंकालाई यथार्थमा परिणत गरिदिएको छ ।

 

नेपाली अर्बपति भन्दै एक वर्षमा २० अर्ब डलरको सम्पत्ति बढेको भनी विनोद चौधरीको पक्षमा प्रचार गर्ने फोब्र्स पत्रिकाको व्यवस्थापन पक्षले विनोद चौधरीको नाममा रहेको एक वर्षअघिको सम्पत्ति कति हो ? एक वर्षका बीचमा कुन कुन उद्योगहरूमा कति–कति नाफा भएको र उनले कति कर राज्यलाई तिरेका छन् भन्ने विवरण उपलब्ध गराउन फोब्र्स पत्रिकासँग सरोकारवाला निकायले पत्राचार गरेको स्रोतले जनाएको छ । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here