काठमाडौं/ सरकारले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी वैशाख २५ गतेदेखि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । प्रदेश नं. ३, ४ र ६ का विद्यालयहरूको पठनपाठन सम्पूर्ण रूपमा बन्द हुने शिक्षा मन्त्रालयले जनाएको छ । निर्वाचन आयोगको अनुरोधमा विद्यालयहरू बन्द गरिएको जनाइएको छ । निर्वाचन कार्यक्रमका मतदान स्थलहरू विभिन्न विद्यालयहरूमा समेत तोकिएकाले विद्यालयहरू बन्द गर्नुपरेको जनाइएको छ ।
















