काठमाडौं/कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसले दुई तला थप्ने भएको छ । गत वर्ष ०७२ सालमा गएको महाभूकम्पले पुराना भवनलाई तहसनहस पारेपछि निर्माणाधीन आफ्नै नयाँ भवनमा पठनपाठन सुरु गरेको थियो ।
उक्त क्याम्पसको नयाँ भवनमा पर्याप्त कक्षाकोठा नहुँदा भाडाको भवनबाट कक्षा सञ्चालन गर्नुपरेको र त्यसले क्याम्पसलाई आर्थिक भार थपिएको हुँदा दुई तला थप्ने तयारीमा क्याम्पस लागेकोे सहायक क्याम्पस प्रमुख बाबुराम भुषालले बताउनुभएको छ । दुई तला थप्न २ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

















