विमलेन्द्र निधि कमल थापाको बाटोमा

126

काठमाडौं/ कांग्रेस सभापति शेरबहादुर देउवाका अतिप्रिय पात्र बनेर सरकारको उपप्रधानमन्त्री र गृहमन्त्री बन्न पुगेका विमलेन्द्र निधि अन्ततः पूर्वपञ्च कमल थापाको हैसियतमा झरेका छन् । कमल थापाले मन्त्रिपरिषद्को दोस्रो वरीयता लिएपछि मन्त्रिपरिषद्को बैठकमा समेत अनुपस्थित भइरहेका निधि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव सन्दर्भमा कमल थापासँगै ‘सती’ गएझैं गरेका छन् । यो घटनाले गर्दा निधिको सांसद पद मात्र होइन, उनको राजनीतिक जीवनमाथि नै खतरा उत्पन्न भएको छ ।

सभापति शेरबहादुर देउवासमेतको सहमतिबाट प्रधानन्यायाधीश कार्कीमाथि चलाएको महाभियोग प्रस्तावका विरुद्ध सरकारकै महत्वपूर्ण व्यक्तिले आपूmलाई प्रस्तुत गर्नु पार्टी नेताको हैसियतले सुहाउने होइन । निधिले देउवालाई आफ्नो दस्तखतको किर्ते प्रयोग गरेको भन्नेसम्मको आरोप लगाएर शेरबहादुर देउवालाई बदनाम गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here