नेप्से दोहोरो अंकले कारोबार

168

काठमाडौं । मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा रोकिएको छ ।

आज १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपी हाइड्रो पावरको २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भयो ।

आज बोर्टलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बोर्टलर्सको शेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । यसैगरी, रुरु जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले नै बढेको छ ।

विसाल बजार कम्पनीको शेयर मूल्य आज सबैभन्दा बढी करिब १० प्रतिशतले नै घट्न पुगेको छ । आज सबै समूहको उपसूचकहरु हरियो भएका छन् । यसैगरी सबैभन्दा बढी अन्य समूहको सेयर २.५३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here