अमिताभले अक्सिजन खरिद गर्न दिए २ करोड

78

एजेन्सी । नेपाल, भारत लगायत धेरै देशहरुमा कोरोना भाइरसको दोस्रो लहरले संकट निम्ताएको छ । महामारीको कारण भारतमा प्रत्येक दिन हजारौ मानिसहरुले ज्यान गुमाइरहेका छन् ।

बलिउड महानायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टरको लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । दिल्ली सिख गुरुद्वार मेनेज्मेन्ट कमिटीका अध्यक्ष मनजिन्दर सिंह सिरसाले अमिताभले संक्रमितको लागि २ करोड रुपैयाँ सहयोग गरेको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् ।

उक्त रकम अध्यक्ष सिंहले दिल्लीमा अक्सिजनको कमीसँग जुधिरहेका बिरामीको लागि अक्सिजन सुविधामा प्रयोग गर्ने पनि उल्लेख गरेका छन् । सिंहले अमिताभले पैसाको चिन्ता नगर्नुहोला बरु मानिसहरु धेरै बचाउने कोशिशमा जुट्न सल्लाह दिएको पनि ट्विटमार्फत बताएका छन् ।

सो रकम चाडो भन्दा चाडो विदेश अक्सिजन कान्टंन्ट्रेटरकोमा चाडैनै पुर्याउने पनि बताए । केही दिन अघि अमिताभले एक ग्लोबल इवेन्टमार्फत विश्वभरका सबैलाई भारतलाई साथ दिन आग्रह पनि गरेका थिए ।

एक ग्लोबल इवेन्टमार्फत विश्वभरका सबैलाई भारतलाई साथ दिन आग्रह पनि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here