एजीएम अब असार ५ मा हुने, लाभांश अनुमोदन हुँदै

206
काठमाडौं – नेपाल इन्सुरेन्सले कोरोना भइरसका कारण रोकिएको ७१ औं वार्षिक साधारण सभा असार ५ गते डाकेको छ । सभा कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २१ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित भएको थियो ।
आगामी साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । कम्पनीले भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सकिने बताएको छ ।
सभामा भिडियो कन्फरेन्समार्फत पनि धारणा राख्न सकिन्छ । यसका लागि सभा हुनु भन्दा २ दिनअघि नै कम्पनीमा आफ्नो नाम टिपाउनुपर्नेछ । कम्पनीले लगानीकर्तालाई ७.८९% लभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनसहित २.८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here