विप्लवका कार्यकर्ता बमसहित पक्राउ

80

काठमाडौं÷ प्रहरीले चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको जनाइएको छ । अस्ति मंगलबार बिहान सो पार्टीको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङलाई पक्राउ गरिएको हो ।

सैन्य दस्ता सहकमाण्डार राई निर्वाचनविरोधी गतिविधिका लागि चितवन, धादिङ, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले दाबी गरेको छ । प्रहरीले उनीहरूको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउन प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रिनेट बम र केही बिजुलीका तारसमेत बरामद गरेको जनाएको छ ।

यस्तै, सानो परिणाममा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठीलगायतका सामग्री पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव हुन नदिने गतिविधि गर्दै गर्दा दोलखा जिल्लामा चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरूबीच झडप भई एकजनाको ज्यान गरेको छ । माओवादी र एमाले कार्यकर्ताबीच  भएको झडपमा एकजना एमाले कार्यकर्ताले ज्यान गुमाएका छन् भने केही माओवादी नेता र एमाले कार्यकर्ता घाइते हुन पुगेको छ । २० वर्षपछि हुन गइरहेको स्थानीय तहको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुन नसक्ने संकेत यस्ता घटनाहरूले गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here