ज्यूँदो भूतले सुनाउँछ फैसला !

256

पश्चिम अफ्रिकाको एउटा सानो देश बेनिन यस्तो देश हो जहाँबाट अफ्रिकी कालो जादू बुडुको सुरुवात भएको मानिन्छ । यहाँका इगुनगुन समुदायका मानिसहरूलाई ज्यूँदो भूत भनिन्छ । आम धारणाअनुसार यो समुदायका मानिसहरूले अन्य समुदायका मानिसहरूलाई छोएरै मारिदिन सक्दछन् । उनीहरूले जसलाई छुन्छन् त्यसको मृत्यु हुन्छ ।

यो समुदायका मानिसहरूले आफ्नो अनुहार सधैं नकाबले छोप्दछन् । जुन देख्दा नै डरलाग्दो हुन्छ । यस्तो नकाव निकै भारी हुन्छ र कपडा पनि अलग देखिन्छ । यिनीहरूको पहिरन पनि निकै डरलाग्दो र अनौठो हुन्छ जसका कारण मानिसहरू देख्दै डराउँछन् ।

यो समुदायको मान्यता अनुसार यिनीहरू ज्यूँदो भूतको माध्यमबाट मरिसकेका आफ्ना पूर्वजसँग जोडिन सक्दछन् । यी ज्यूँदो भूतमा उनीहरूका पूर्वजको आत्मा आउँछ रे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here